काठमाडौं। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जय शाह नेतृत्वको कल्किज्म अनुसन्धान केन्द्रले अघि सारेका विचारलाई नवीन भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन् । हिजो (शनिबार) काठमाडौंमा उक्त सेन्टरले आयोजना गरेको बहस तथा अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सहभागी भएका श्रेष्ठले सेन्टरले अघि सारेका विचारलाई सकारात्मक लिएको उल्लेख गरेका छन् ।
जय शाहले पछिल्ला वर्षहरुमा सेन्टरमार्फत नेपालको समृद्धिको लागि गुणात्मक फड्को मार्न र भ्रष्टाचारप्रति शून्य सहनसहितामा जोड दिएका छन् । शाहले शोषणमूलक परिपाटीको अन्त्य, निःशुल्क शिक्षा र स्वास्थ्यको पनि अवधारणा ल्याएका छन् ।
शाहले जलवायु परिवर्तनको सवालमा पनि महत्वपूर्ण शोध तथा अनुसन्धान गरेका छन् । शाहले स्मार्ट करेन्सीमार्फत नेपाललाई भ्रष्टाचारमुक्त बनाउन सकिने पनि वकालत गरेका छन् । उनले क्यासलेस इकोनोमी बनाउन सकिने दाबी गरेका छन् । शाहले सेन्टरमार्फत अघि सारेका विचारबाट नेता श्रेष्ठ प्रभावित बनेका छन् ।
सेन्टरको अन्तरक्रियामा सहभागी भएपछि श्रेष्ठले आफ्नो फेशबुकमार्फत लेखेका छन्:
आज काठमाडौंमा कलकिजम अनुसन्धान केन्द्र (Kalkism Research Center ) को आयोजनामा भएको नेपालको समृद्धि सँग सम्बन्धित नयाँ कोणबाट गरिएको विचारोत्तेजक बहस – अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने अवसर प्राप्त भयो । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य अर्थशास्त्री डा ड्ड उमाशंकर प्रसादको अध्यक्षतामा भएको कार्यक्रममा डा ड्ड जय शाहले सेन्टरको तर्फबाट विचार र प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।
उहाँहरुको दर्शन , विचार ,सिद्धान्त , कार्यक्रमको बारेमा समग्रतामा छलफल गरेर ठीक बेठीक छुट्याउने र सहमत – असहमत हुने आफ्नो ठाउँमा छ र त्यसका बारेमा पर्याप्त समय लिएर विभिन्न कोणबाट घनिभुत रुपमा छलफल गर्नु पर्ने आवश्यता छ । तर उहाँहरुले समृद्धिको गुणात्मक फड्कोको निम्ति भ्रष्टाचार प्रति शून्य सहनशीलता , आर्थिक वृद्धिमा मात्र जोड नदिएर शोषणमुलक परिपाटीको अन्त्य , निःशुल्क शिक्षा ,स्वास्थ्यको सुनिश्चितता सहित सामाजिक न्याय युक्त समृद्धि र प्रदूषणको अन्त्य तथा पर्यावरणको रक्षा को विषयमा जोड दिनु भएको छ ।
उहाँहरूले त्यसको लागि प्रारम्भिक कदमका रुपमा नगदरहित लेनदेन तथा तत्कालका लागि स्मार्ट करेन्सी प्रथा लागू गर्ने र शिक्षा ,स्वास्थ्य लगायतका क्षेत्रहरूमा निजीकरणको अन्त्य गरेर अघि बढ्ने प्रस्ताव गर्नु भएको छ । सामान्य नियमित सोच भन्दा बाहिर गएर सेन्टरले थुप्रै अन्य प्रस्ताव तथा कार्यक्रम हरु अगाडि सारेको छ । ती सबैका बारेमा खुला एवं गम्भीर छलफल गर्दै जान सकिन्छ । तर नगद लेनदेन प्रणालीको अन्त्य र केही सीमित महत्वपूर्ण क्षेत्रहरूमा निजीकरणको अन्य लाई सकारात्मक रुपमा लिनु पर्दछ ।यसबारेमा म स्वयं ले पनि यस्तो धारणा राख्दै आएको थिएँ।सबैले सामाजिक न्याय सहितको समृद्धि केन्द्रित बहस लाई निष्कर्ष उन्मुख बनाउँदै अघि बढाऔँ र व्यवहारमा लागू गरेर नेपाली जनताको समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गरौं।



प्रतिक्रिया