नेपाल चेम्बर अफ कमर्स र भियतनामकी उपराष्ट्रपति जुआनबीच व्यापार र लगानी प्रवर्द्धनबारे छलफल

नेपाल चेम्बर अफ कमर्स र भियतनामकी उपराष्ट्रपति जुआनबीच व्यापार र लगानी प्रवर्द्धनबारे छलफल

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा नेपाल चेम्बर अफ कमर्सले भियतनामकी उपराष्ट्रपति भो थी आन्ह जुआनसँग काठमाडौंमा भेटवार्ता गरेको छ। उक्त भेटमा व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा गम्भीर छलफल भएको चेम्बरले जनाएको छ।

छलफलका क्रममा दुवै देशबीच व्यापारिक पहुँच विस्तार, लगानीमैत्री वातावरण निर्माण, उद्योग–व्यवसाय प्रवर्द्धन तथा आपसी सहकार्यका सम्भावनाहरूबारे विशेष चर्चा गरिएको थियो। चेम्बरले यो भेटलाई दुई देशबीच आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने अवसरका रूपमा लिएको छ।

उपराष्ट्रपति जुआनले दुवै देशका निजी क्षेत्रहरूबीच घनिष्ठ समन्वय आवश्यक रहेको बताउँदै, नेपाल–भियतनाम आर्थिक सम्बन्धलाई प्रगाढ बनाउने प्रक्रियामा निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य भएको उल्लेख गरिन्। साथै, उनले नेपाली व्यवसायीहरूलाई भियतनाम भ्रमण गर्न र त्यहाँका चेम्बरसँग साझेदारीको सम्भाव्यता अध्ययन गर्न आग्रह गरिन्।

नेपाल चेम्बर अफ कमर्सले कृषि, पर्यटन, ऊर्जा, शिक्षा र सूचना प्रविधिजस्ता क्षेत्रमा सहकार्यको अपार सम्भावना रहेको उल्लेख गर्दै, यी क्षेत्रमा व्यावहारिक कार्यक्रमहरू अगाडि बढाउनुपर्नेमा जोड दिएको छ। चेम्बरले भियतनामसँगको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

उक्त छलफल कार्यक्रममा भियतनामका अनररी कन्सुल तथा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेश काजी श्रेष्ठको उपस्थितिसहित चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्रा, महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठ लगायतका पदाधिकारीहरू सहभागी थिए।