भारतको माइन्डस् र कान्तिपुर डेन्टल कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

भारतको माइन्डस् र कान्तिपुर डेन्टल कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र भारतको पण्डिचेरीस्थित डेन्टल साइन्स इन्स्टिच्युट (माइन्डस्)बीच शैक्षिक सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा विद्यार्थी तथा संकाय आदानप्रदान, संयुक्त अनुसन्धान, सेमिनार र सम्मेलनको सह–आयोजनासहित ज्ञान र सीप आदानप्रदान हुने उल्लेख छ।

दन्त उपचार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग गर्दै दुवै संस्थाले गुणस्तरीय शिक्षा र सेवा प्रवाह गर्ने लक्ष्य राखेका छन्।

यो सहकार्यबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी दन्त चिकित्सक तयार हुने र दक्ष मानव संसाधन उत्पादन हुने विश्वास व्यक्त गरिएको छ।

सम्झौतामा कान्तिपुर डेन्टल कलेजका तर्फबाट अध्यक्ष डा बुद्धिमान श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत प्रतीक मान श्रेष्ठले हस्ताक्षर गरे भने माइन्डस् तर्फबाट अध्यक्ष के. पी. रमेशकुमार र प्रिन्सिपल प्रा. डा. अनिल मलेथले हस्ताक्षर गरेका छन्।