गृहमन्त्रीका सम्भावित उम्मेदवारको रूपमा पूर्व डिआइजी रमेश खरेल अगाडि

गृहमन्त्रीका सम्भावित उम्मेदवारको रूपमा पूर्व डिआइजी रमेश खरेल अगाडि

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वकोअन्तरिम सरकार विस्तारको तयारी तीव्र भइरहेको वर्तमान राजनीतिक सन्दर्भमा गृहमन्त्री पदका लागि नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलको नाम प्रमुख रूपमा अगाडि आएको छ।

कार्की नेतृत्वको सम्भावित अन्तरिम सरकारमा गृहमन्त्री पद कसले सम्हाल्ने भन्नेबारे विभिन्न अड्कलहरू भइरहेका छन्। विभिन्न पात्रहरूबीच छलफल चलिरहेका बेला सुशासन, पारदर्शिता र कडाइप्रति स्पष्ट दृष्टिकोण राख्ने व्यक्तित्वका रूपमा खरेलको नामलाई प्राथमिकताका साथ अघि सार्ने तयारी भइरहेको स्रोतहरूले जनाएका छन्।

प्रहरी सेवामा रहँदा खरेलले देखाएको भ्रष्टाचारविरुद्धको कडाइ, आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारबाही र प्रणाली सुधारका पहलहरू कारण उनी सार्वजनिक रूपमा परिचित छन्। लामो समयको सुरक्षा क्षेत्रको अनुभव, प्रशासनिक दक्षता र नीतिगत स्पष्टताले उनलाई गृहमन्त्री पदका लागि बलियो उम्मेदवार बनाएको बताइन्छ।

यद्यपि, राजनीतिक वृत्तमा गृहमन्त्रालयका लागि अन्य केही नामहरू पनि विचाराधीन छन्। तर हालसम्मको छलफलमा रमेश खरेलको नाम अग्रपंक्तिमा रहेको बुझिएको छ।