नाग्म बजारमा सुक्खा पहिरो: तीन घर पुरिए, एक बालकको मृत्यु, १२ जना पुरिएको हुन सक्ने आशंका

नाग्म बजारमा सुक्खा पहिरो: तीन घर पुरिए, एक बालकको मृत्यु, १२ जना पुरिएको हुन सक्ने आशंका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान मा पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिनुभयो । “पहिरोबाट १३ वर्षीय बालक अर्जुन हमाल र ३५ वर्षीय महिला पुण्य शाहीलाई जीवितै उद्धार गरिएको छ,” उहाँले भन्नुभयो, “फोन सम्पर्क नहुँदा पूर्ण विवरण आउन सकेको छैन ।”

उहाँका अनुसार जिल्लाबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार गर्नुका साथै जेसिबीसमेतले उद्धारको काम गरिरहेको छ । घटनास्थल जुम्ला र कालीकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जीवितै उद्धार गरिएका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउँदै गरिएको जानकारी दिनुभयो । घटनामा के कति मानवीय क्षति भएको छ ? भन्ने एकीन विवरण आउन नसकेको जनाउँदै उहाँले जुम्लाबाट नेपाल प्रहरी, विपद् व्यवस्थापन समिति, सशस्त्र प्रहरी घटनास्थल पुगेर उद्धार गरिरहेको जानकारी दिनुभयो । रासस

यो पनि पढ़नुहोस्:

कर्णाली राजमार्ग अन्तरर्गत नाग्म बजारमा पहिरो जाँदा तीन घर पुरिएका छन् । आइतबार आएको सुक्खा पहिरोले तीन घरसँगै १२ जना पुरिएको हुन सक्ने आशंका गरिएको छ ।

जुम्ला र कालिकोटको सिमानामा पर्ने कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो खसेको तिलागुफा–१ का १३ वर्षीय अर्जुन हमालले जानकारी दिनुभयो । उहाँका ललित नेपालीको घर सहित अन्य तीन घर पहिरोले पुरिएका छन् । नेपालीलगायत १२ जनासम्म पुरिएको हुन सक्ने उहाँको बताउनुभयो ।

घाइते हमाललाई पहिरोबाट निकालेर उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको ज्ुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घाइतको भनाइलाई आधार मान्ने हो भने घर पहिरोभित्र पुरिएका मानिस तीन÷चार घण्टाभित्रै छन् । जुम्लाबाट प्रहरीको टोली पठाइसकेका छौँ । जेसिवि लगाएर पहिरो पन्छाउने काम भइरहेको छ ।” क्षतिको एकिन विवरण आइनसकेकाले गर्दा अहिले भन्न नसकिने उहाँको भनाइ छ । पुरिएका मानिसलाई उद्धार गर्न ढिलाइ भएको स्थानीयको गुनासो छ ।

कर्णाली राजमार्गकै किनारका घरमाथि पहिरो खसेकाले अहिले राजमार्ग पूर्णरुपमा बन्द भएको छ । भत्केका घरभित्रबाट आवाज आइरहेको सुनिएकाले सरकारी निकायबाट तत्काल उद्धार टोली पुग्न सके केही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको स्थानीय मुनि बुढाले जनाएका छन् । भिरालो जमिनमा रहेको बस्तीका घरको सिरानमा जथाभावी पानी बगेपछि पहिरो गएको स्थानीयले बताएका छन् । रासस