नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष नेपालले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आआफ्नो तर्फबाट इमान्दार प्रयास गर्न सबैमा आह्वान गर्नुभएको छ । अध्यक्ष नेपालले सन्देशमा भन्नुभएको छ, “संविधान जारीपछि…