अदालतको फैसला प्रजातन्त्रविपरीत भएको अध्यक्ष बिजुक्छेँको आरोप

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालको संविधानमा अदालतबाट प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान नभएको बताउनुभएको छ । समसामयिक राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले ल्याटिन अमेरिकी छाया अदालतमा परेको आरोप लगाउनुभयो । अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सबै काम अदालतले गर्ने भए संसद्को के काम ?, सर्वोच्च अदालतको फैसला प्रजातन्त्रविपरीत, गैरसंवैधानिक तथा गलत छ, अदालतले सधैँ…