एक वर्षमा १३ किमी कालोपत्र, २५ किमी ग्राभेल

कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा नगरको १३ किलोमिटर सडकलाई कालोपत्रे गरेको छ । ग्रामीण क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले अधिकांश सडक कालोपत्र गरिएको छ । निर्वाचनपश्चात् शुरुको वर्षदेखि नै सडकलाई प्राथमिकता दिँदै हिलोमुक्त सडक बनाउन स्तरोन्नति गर्दै कालोपत्र गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । “प्रत्येक वर्ष १० किलोमिटरभन्दा बढी सडक कालोपत्र बनाएका छाँै, गाउँ–गाउँ…