जनकपुर, २ पुस । प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारसमक्ष सो प्रदेशका मुख्य न्यायाधिवक्ता कार्यालयका आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । सो प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको नेतृत्वको टोलीले आज मुख्य न्यायाधिवक्ताका साथै मातहत कार्यालयको काम कारवाहीको विवरण, त्यसको प्रभावकारिता, प्राप्त गरेका सफलता र कार्यसम्पादनमा आएका चुनौती र सुधारका…