सुदूरपश्चिम, २३ कात्तिक । दुई हप्तादेखि रासायनिक मलको खोजीमा रहनुभएका धनगढी उपमहानगरपालिकाका किसान नारायण राना मल नपाउँदा निराश हुनुहुन्छ । धानबाली भित्र्याइसकेपछि गहुँ छर्ने तयारीमा रहनुभएका उहाँ सरकारी अनुदानको रासायनिक मल खोजीका लागि दिनहुँजसो बिक्रेतासँगको सम्पर्कमा रहनु भए पनि अझै पाउन सक्नुभएको छैन । “गहँु छरेकै दिन प्रयोग गर्नुपर्ने डिएपी मल पाउन नसक्दा गहुँ छर्न…