लहान, २१ असोज । सिरहाको लहान–ठाडी सहायक सडकखण्डको सखुवानन्कारकट्टी गाउँपालिका– ५ महेशबारीमा दुई अटोरिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दक्षिणबाट उतरतर्फ जाँदै गरेको स१ह ३३२० नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट अटोरिक्सा आपसमा ठोक्किँदा स१ह ३३२० नम्बरको अटोरिक्सामा सवार सिरहाको भगवानपुर गाउँपालिका– १ निवासी…