बैतडी, १७ असोज । वडासचिव नहुँदा बैतडीका वडा कार्यालयको कामकाजमा समस्या आउने गरेको छ । जिल्लाका ८४ मध्ये ३० वडामा सचिव अभाव रहेको छ । वडामा दरबन्दीअनुसारका सचिव नहुँदा कामकाज प्रभावित हुनुका साथै सेवा प्रवाहमा समस्या भएको स्थानीय तहहरुले जनाएका छन् । सचिव नभएका वडाहरुमा प्राविधिक सहायक खटाएर सचिवको काम भइरहेको सुर्नया गाउँपालिकाका निमित्त प्रमुख…