साङ्लोदेखि उज्यालोसम्म उमाकान्तको यात्रा….(फोटो सहित)

–नारायण ढुङ्गाना शरद ऋतु उकालिँदै गर्दा पनि धपक्क गर्मी । झम्के साँझमा बाँदलको घेराले अझ धुमिल बनाउँदै गरेको घाम पश्चिम किनारामा ओर्लर्दै थियो । सप्तरी जिल्लाको अग्निसाइर कृष्णसवरन गाउँपालिका–१ घोघिदहाको चौधरी वस्तीमा अस्ताउँदो घामका किरण रुखका चेपबाट चिहाइरहेथ्यो । वस्तीको एउटा आँगनमा उपस्थित समुदायको मुहारमा भने झुल्के घामकै चमक देखियो । गाउँका ४६ वर्षीय उमाकान्त…