डोटीमा घाँस काट्न गएका २३ वर्षीय युवक भिरबाट लडेर मृत्यु

आदर्श गाउँपालिका–दहकालिका स्थानमा भिरबाट लडेर २३ वर्षीय मोहन भट्टको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मौवानगरदहले दिएको जानकारीअनुसार स्थानीय धुरकोट जङ्गलमा दिउँसो घाँस काट्न गएका निज युवक आइतबार राति अबेरसम्म घर नआउँदा घरपरिवारले खोजी गर्दा भिरबाट लडेर मृतावस्थामा फेला परेका हुन् । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिलगढी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको…