ढोरपाटन बाढी पिडितलाई बासको पिरलो

ढोरपाटन नगरपालिका–९ लाँकुरीबोटकी लक्ष्मी विक अहिले मर्मास्थित मामाघर बस्नुहुन्छ । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले थातथलो गुमेपछि उहाँको परिवार आफन्तको आश्रयमा पुगेको हो । “आमाबुबासँगै हामी पाँच भाइबहिनी मामाघर बसेका छौँ”, विकले भन्नुभयो, “हेर्दाहेर्दै घरजग्गा बाढीले लग्यो ।” सोही ठाउँका भीमबहादुर सुनार छ छोराछोरी र श्रीमतीसहित विद्यालयको कोठामा दैनिकी गुजारिरहनुभएको छ । बाढीले…