पहाडी जिल्ला लमजुङवासीले अब यातायातसम्बन्धी काम जिल्लाबाटै पाउने

लमजुङ, ४ असोज । पहाडी जिल्ला लमजुङवासीले अब यातायातसम्बन्धी काम जिल्लाबाटै पाउने भएका छन् । गाडीको ब्लुबुक नवीकरण, जाँचपास र रुट परमिटलगायत कार्य अब जिल्लाको पूर्वाधार विकास कार्यालयबाटै हुने भएको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आफ्नै कार्यालयको एक्सन रुमबाट लमजुङका सेवाग्राहीको ब्लुबुक नवीकरण रसिद प्रिन्ट गर्नुभयो । पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले…