सिन्धुपाल्चोक लगायतका जिल्लामा पहिराको जोखिम रहेका बस्तीको भौगर्भिक अध्ययन, पहिरो तथा बाढीबाट विस्थापितको पुनःस्थापना र आगामी दिनमा जोखिम न्यूनीकरणका लागि सुझाव दिन समिति गठन भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भर्चुअल माध्यमबाट आयोजना गरेको छलफलपछि पहिरो पीडितको पुनःस्थापना र स्थानान्तरणको कार्ययोजना बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोख्रेलको संयोजकत्वमा…