महोत्तरीमा थामियो पानी, थपियो कहर

महोत्तरी, १० साउन। गत मध्य असारसँगै शुरु भएको साताव्यापी मुसलधारे वर्षाले घर ढालेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका उपेन्द्र कापर समस्या नै समस्याको भुमरीले रनभुल्ल हुनुहुन्छ । “घर ढलेर आकाशमुनिको बास बन्यो, बनीबुतो गरेर घरमा राखेको अन्नपात डुबानमा पर्दा जहान बालबच्चाको मुखमा माड लाग्ने बाटो खोसियो”, कापर बिरक्तिँदै भन्नुहुन्छ, “बर्खाकालमै छौँ, झुप्रो ठड्याएर बालबच्चा ओत्याउने र…