काभ्रेको चर्चित तीनधारे झरना संरक्षणको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक, ६ साउन । रोशी गाउँपालिकामा अवस्थित चर्चित तीनधारे झरना संरक्षण योजनाको लागि दुई पक्षीय सम्झौता गरिएको छ । बहुवर्षीय योजनाका लागि गाउँपालिका र संरक्षणकर्ता कम्पनीसँग सम्झौता गरिएको हो । सम्झौताअनुसार तीनधारे संरक्षण योजनाअनुरुप झरना क्षेत्रमा खहरेपाँगुदेखि झरनासम्म जाने सडक स्तरोन्नति, पैदलमार्ग, शौचालय निर्माण, रेलिङ, चेन्जिङ रुम निर्माणलगायतका काम सम्पन्न गर्नुपर्ने गाउँपालिका अध्यक्ष डिबी लामाले…