सडक निर्माण गरिएको वर्षौँपछि जिल्लाका शाखा सडक धमाधम कालोपत्र हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा यहाँका पाँच शाखा सडक कालोपत्र गर्ने तयारीमा रहेका हुन् । पूर्वाधार विकास कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कम्तीमा पनि ८६ किलोमिटर शाखा सडक कालोपत्र गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै अहिले ती सडकमा धमाधम काम भइरहेको छ । कालोपत्रको…