मृत रेडपाण्डासहित दुई जना पक्राउ

काठमाडौँ महानगरपालिका–१५ स्थित विष्णुमती कोरिडोरबाट मृत रेडपान्डासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भई काठमाडौँ बस्ने उमेश विसुन्के र दोलखा तामाकोसी घर भई काठमाडौँको गौशाला बस्ने अर्जुन मगराति रहेका छन् । उनीहरूका साथबाट मृतावस्थामा रहेको दुई रेडपान्डा बरामद गरिएको प्रहरीले जनाएको छ । रेडपान्डाको छाला बिक्री गर्न लागेको भन्ने…