डोटी, २ साउन । जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान–दिपायल सडकको काम अहिले तीव्ररुपमा सञ्चालन भइरहेको छ । कोरोना महामारीका कारण सरकारले गरेको निषेधाज्ञामा केही खुकुलो बनाएसँगै उक्त सडक स्तरोन्नतिसहित कालोपत्रका लागि तीव्ररुपमा तयारी भइरहेको छ । अहिले उक्त सडकका विभिन्न खण्डमा कामदारले दैनिकरुपमा नाली निर्माणदेखि सडक चौडा पार्ने तथा कालोपत्रका लागि गिट्टी फिँजाउने कार्यलाई तीव्रता…