गुणस्तरीय काम नभएको भन्दै ध्यानाकर्षण

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत जाजरकोट खण्डमा काम शुरु भएलगत्तै स्थानीयवासीले अवरोध गरेका छन् । जिल्लामा गर्न लागिएको कालोपत्र गुणस्तर राम्रो नभएको भन्दै स्थानीयवासीले प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकसहित लोकमार्गका कर्मचारीलाई समेत ध्यानाकर्षण गराएका छन् । अहिले पहिलो खण्डको कुदुदेखि कार्कीगाउँसम्म ३५ किलोमिटर सडक कालोपत्र गर्न शुरु गरिएको छ । स्थानीय युवा…