जलेश्वर, २८ असार । महोत्तरीको मटिहानी नगरपालिका—७ स्थित नेपालकै जेठो संस्कृत माध्यमिक विद्यालयको भवन आज दिउँसो भत्किएको छ । बालागुरु षडानन्द पढ्नुभएको सो राजकीय संस्कृत माध्यमिक विद्यालयको ११० वर्ष पुरानो भवन आज दिउँसो भत्किएको हो । प्रधानाध्यापक ईश्वरी पौडेलका अनुसार सो आवासीय विद्यालयमा मुलुकको २७ जिल्लाका १५५ बटुक (विद्यार्थी) पढ्दै आएका छन् । छात्राबासका रुपमा…