बेलायत र फिनल्यान्डबाट स्वास्थ्य उपकरण नेपाललाई हस्तान्तरण

काठमाडौँ, १४ जेठ । कोभिड–१९ को महामारीमा नेपाललाई सघाउन बेलायत र फिनल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ । बेलायत र फिनल्यान्डले विशेष विमानबाट नेपाल पठाएका ती सामग्री आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित सङ्क्षिप्त कार्यक्रममा हस्तान्तरण गरिएको हो । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले २६०…