सङ्क्रमणदर ह्वात्तै बढेपछि बिरामीलाई घरमै उपचारको व्यवस्थापन गर्दै चौँरीदेउराली

बनेपा, १३ जेठ । कोभिड–१९ को सङ्क्रमणदर आफ्नो गाउँपालिकामा पनि ह्वात्तै बढेपछि पालिकाभित्रका कोरोना सङ्क्रमित बिरामीको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष दीननाथ गौतम घरदैलोमा पुग्नुभएको छ । होमआइसोलेसन र अस्पताल आइसोलेसनमा रहेका बिरामीको अवस्था बुझ्ने र आवश्यक स्वास्थ्य सामग्री जुटाउने कार्यमा खटिरहेको गाउँपालिकाले जनाएको छ । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिकाभित्र होमआइसोलेसनमा बसिरहनुभएकाका लागि गाउँपालिकाले सक्ने आवश्यक…