काठमाडौँ, ११ जेठ रासस । स्थानीय युवाहरुको सक्रियतामा काठमाडौँ महानगरपालिका–९ मा १५ शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो लहरको प्रभाव बढेसँगै महानगरपालिकाको प्राविधिक सहयोगमा मातृका आँखा केन्द्रको व्यवस्थापनमा शारदा माध्यमिक विद्यालयमा १५ शय्याको आइसोलेशन केन्द्र सोमबारदेखि सञ्चालनमा आएको हो । विजयचोक युवा क्लब, मिरमिरे युवा समाज, सिनामङ्गल युथ एलायन्स,…