सङ्क्रमितको उपचारमा यसरी खटिन्छन् स्वास्थ्यकर्मी

काठमाडौँ, ८ जेठ । शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा सागरराज भण्डारीको कोभिड–१९ को सङ्क्रमण भएदेखि नै दिनचर्या फेरिएको छ । सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै न उहाँले समयमा सुत्न पाउनुभएको छ, न त खान नै । अहिले २४ घण्टा नै बिरामीको सेवामा तल्लीन रहनुभएका डा राजभण्डारीलाई सङ्क्रमणसम्बन्धी दैनिक ४०० भन्दा बढी फोन र २५…