भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने

मध्यपुर थिमी, ६ जेठ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालको कोभिड युनिटमा अक्सिजन प्लान्ट राखिने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले युनिटमा अक्सिजन दिनुपर्ने संक्रमित बिरामी बढिरहेकोले नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । कोरोना नियन्त्रणका लागि नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले आर्थिक र भौतीक सहयोग गर्ने भएको भन्दै उहाँले…