‘म सरलता मै रमाउने मान्छे हुँ’ : विजय बराल

अभिनेता विजय बराल गत वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मार्फत लोकप्रियताको उच्च विन्दुमा पुगे । चलचित्रका सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त भइरहेका अभिनेता बरालले पहिलोपटक निर्वाह गरेको मुख्य भूमिकाले वाहवाही मात्र पाएन, उक्त चलचित्रले नेपालमा मात्रै झण्डै ४७ करोडको व्यापार गरेर कीर्तिमान बनायो । घरेलु बजारको आकार बढाउने उक्त चलचित्रको सफलताको श्रेय अभिनेता बरालले…