पाँचपोखरी थाङ्पाल गाउँपालिका नेपालको पुरानो प्रशासनिक विभाजनअनुसार मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत सिन्धुपाल्चोक जिल्लामा र हाल वाग्मती प्रदेशमा पर्छ । सो पालिकाको नाम प्रसिद्ध धार्मिक र पर्यटकीयस्थल पाँचपोखरीबाट बनेको हो । विसं २०७३ मा राज्यको पुनःसंरचनासँगै बनेको सो गाउँपालिकाका पूर्वमा जुगल र पश्चिममा हेलम्बु गाउँपालिका, उत्तरमा रसुवा र लाङ्टाङ राष्ट्रिय निकुञ्ज तथा दक्षिणमा मेलम्ची नगरपालिका पर्छन् ।…