चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरालिएकी सपनाले थुप्रै रात भोकभोकै बिताइन्…