जनताको दशकौं लामो चाहना र बलिदानीको उपलब्धि स्वरुप स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका रुपमा सुनौलो इतिहास रच्न सफल डा. रामवरण यादवलाई संविधानसभाबाट तयार नेपालको समावेशी संविधान जारी गर्र्ने अभूतपूर्व अवसर जु¥यो । मधेशी समुदायको सामान्य मध्यम वर्गीय परिवारमा जन्मनु भएका उहाँ पेशाले चिकित्सक हुनुहन्छ । लोकतन्त्रप्रतिको अविचलित आस्थाका कारण उहाँ राजनीतिमा पनि त्यत्तिकै…