दमौली, १३ कात्तिक (रासस) : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले विगतमा भएका गल्ती तथा कमजोरीलाई सच्याउँदै पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समिति वडा नं ६ ले दीपावली, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा भण्डारीले कांग्रेस सुदृढ नभएसम्म आम निर्वाचन जित्न नसकिने बताउनुभयो ।…