नेपाल प्रहरीका प्रमुख एवं प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीलाई बोलीवचन तथा व्यवहार उत्कृष्ट बनाउन निर्देशन दिनुभयो । इलाका प्रहरी कार्यालय (ख) लुक्लाको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक क्षेत्रीले जनभावनाको कदर, प्रविधिमैत्री प्रहरी सेवामा संवेदनशील भएर लाग्न निर्देशन दिनुभएको हो । सोलुखुम्बुको खुम्बु क्षेत्रमा विश्वभरिबाट पर्यटक आउने भएकाले उनीहरूको सुरक्षाप्रति सजग बन्नुपर्नेमा जोड दिँदै…