पाँचथरका आठमध्ये नेपाली कांग्रेसले तीन स्थानीय तहमा चुनावमार्फत नयाँ नेतृत्व चयन गरेको छ । बाँकी पाँच स्थानीय तहमा सहमतिमा नेतृत्व छनोट भएको छ । नेतृत्वमा अधिकांश युवा र जनप्रतिनिधिले स्थान पाएका छन् । जिल्लाको याङवरक र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिकामा कांग्रेसले मतदानमार्फत नेतृत्व चयन गरेको हो । चौध वडा रहेको फिदिम नगरपालिकाको कांग्रेस सभापति…