नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भक्तपुरका चारवटै नगरपालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । यसरी निर्वाचित हुनेमा भक्तपुरमा राजेन्द्र तमखु, मध्यपुरथिमिमा हरिदास प्रजापति, चाँगुनारायणमा शिवहरि केसी र सूर्यविनायक नगरपालिका सभापतिमा निशान ढुङ्गेल हुनुहुन्छ । भक्तपुर नगर सभापति तमखु नेतृत्वका उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र…