सत्तारूढ गठबन्धन बैठक : सरकार विस्तारबारे छलफल

सत्तारूढ गठबन्धनको आज बसेको बैठकले मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले सम्भवतः बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । सरकार गठन भएको लामो समयभइसक्दा समेत मन्त्रिमण्डलले पूर्णता पाउन नसक्दा सरकारको आलोचना भइरहेको छ । दलहरुबीच मन्त्रिमण्डललाई शीघ्र पूर्णता दिने विषयमा आजको बैकठमा मतैक्य भएको छ ।…