नेपाली कांग्रेस भक्तपुर जिल्लाको नगर अधिवेशन आउन चार दिन बाँकी रहँदा यहाँ अधिवेशनको चहलपहल सुरु भएको छ । आगामी ९ गतेबाट यहाँका चार वटा नगरपालिकामा हुने कांग्रेस अधिवेशनमा नगर सभापतिको आकांक्षी बढेपछि निर्वाचन हुने पनि पक्का भएको देखिएको छ । जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा संस्थापन पक्ष सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल,…