अर्थमन्त्रीसँग एमसिसी उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ, २६ भदौ (रासस) : अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)का उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आयोजनाको समग्र पक्षकाबारेमा छलफल भएको थियो । भेटका अवसरमा अर्थमन्त्रीले एमसिसीका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको बताउनुभएको थियो । अर्थ मन्त्रालयले जारी गरेको प्रेस…