सुदूरपश्चिम, २१ भदौ (रासस) : सुदूरपश्चिम प्रदेशसभामा नवगठित नेकपा (एकीकृत समाजवादी)पार्टी सबैभन्दा ठूलो दल बनेको छ । चौध प्रदेशसभा सदस्यसहित यो पार्टी सबैभन्दा ठूलो दल बनेको हो । नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य माया तामाङ बोहराले आज प्रदेश निर्वाचन कार्यालय धनगढीमा पुगेर नवगठित पार्टीका पक्षमा सनाखत गराउनु भएसँगै प्रदेशसभामा यो पार्टी ठूलो दल बनेको हो…