काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने एक घण्टा उहाँहरु बीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको…