सभामुखद्वारा अफगानिस्तान घटनाबारे सदनलाई जानकारी गराउन निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा भएका नेपालीको घटनाका बारेमा जतिसक्दो छिटो सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै समय लिएर नेकपा ९एमाले० का सांसद गोकुल बाँस्कोटाले अफगानिस्तानमा भएको घटना र त्यहाँ रहेका नेपालीको अवस्था जान्न पाउनुपर्ने विषयमा उठाएको कुरामा तत्काल उद्धार गर्न सभामुख सापकोटाले उक्त निर्देशन दिनुभयो । सभामुख सापकोटाले भन्नुभयो,…