काठमाडौँ, २५ साउन(रासस) :नेकपा(एमाले)को आज सम्पन्न केन्द्रीय कमिटीको ११ औँ बैठकले पार्टीको आसन्न विधान अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित गरेको छ । प्रस्तावित विधानमा केन्द्रीय कमिटीको अध्यक्ष र केन्द्रीय सदस्यहरू महाधिवेशन हलबाट तथा केन्द्रीय पदाधिकारीहरू केन्द्रीय कमिटीबाट निर्वाचित गर्ने प्रावधान राखिएको सो पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । यस प्रकारको प्रावधान मातहतका कमिटीमा पनि…