सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताउनुभएको छ । बेलौरी नगरपालिकामा आज आयोजित छलफल कार्यक्रममा उहाँले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको बताउनुभयो । “अन्तर्राष्ट्रिय सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई छैन”, उहाँले भन्नुभयो, “समस्या समाधानका लागि दबाब सिर्जना गर्ने कार्य हुँदै…