देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय : ओली सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा गरेको खर्च विवरण सार्बजनिक गर्ने

काठमाडौं, ३० असार । शेर बहादुर देउबा नेतृत्वको पहिलो मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा केपी ओली नेतृत्वको सरकारले गरेको खर्चको हालसम्मको विवरण सार्वजनिक गर्ने भएको छ । मंगलबार साझा प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । हालसम्म कोरोना भाइरस…