प्रमुख प्रतिपक्षको विरोधपछि गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध जनाएपछि आज गण्डकी प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बजेटमाथि छलफल गर्ने कार्यसूची रहेकामा बिहान ११.०० बजे बैठक शुरु हुनासाथ प्रतिपक्षी दलका सदस्यले उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले एमालेका प्रदेशसभा सदस्य रामशरण बस्नेतलाई बोल्न समय दिनुभएको थियो । नयाँ सरकारले बजेट रकमान्तर गरेको तर पुराना काम सकिएका योजनाको…