नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता छानबिन समितिको कार्यालयमा पुगेर समितिको कामका बारेमा जानकारी लिनुभएको छ । समितिले हाल काम गरिरहेको तिलगङ्गास्थित नेपाल–भारत मैत्री धर्मशाला पुगेर नेता पौडेलले समितिले अहोरात्र खटेर काम गरिरहेको भन्दै कामको प्रशंसा गर्नुभएको समिति प्रवक्ता प्रदीप पौडेलले जानकारी दिनुभयो । साथै उहाँले निर्धारित समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने भएकाले…