कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले सरकारका लागि सबैभन्दा ठूलो चुनौती भनेकै ‘कार्यान्वयन’ भएको बताउनुभएको छ । आर्थिक मामिला मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सरकारले बर्सेनि जनअपेक्षाअनुसारको सार्वभौम संसद्बाट अनुमोदित नीति तथा कार्यक्रम र बजेट ल्याउँदै आएको छ यद्यपि त्यसको समुचित कार्यान्वयन हुन सकेको छैन । चालु आवको कुल रु…