भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोशी नदीमा रहेको खुवालुङ ढुङ्गा नचलाइकन त्यहाँको जल यातायात सुचारु गर्ने गरी योजना बनाइएको बताउनुभएको छ । मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रमको अन्तिम दिन आज उहाँले कतिपयले खुवालुङ ढुङ्गाको विषयमा राजनीति गर्न खोजेको उहाँको आरोप लगाउँदै सो क्षेत्रमा जल यातायात सञ्चालनका लागि मार्ग (रुट) निर्माण गर्दा त्यहाँका…